२०८२ बैशाख १२ गते

नेपालमा बैंकिङ अभ्यासहरूको आधुनिकीकरण र प्रयासहरु

बैंकिङ खबर/ ‘नेपाल राष्ट्र बैंक, बैंकिङ कार्य निर्देशिका, २०७८’ जारी भएको छ । उक्त निर्देशिकामा गरिएका व्यवस्थाबाट बैंकिङ विभाग तथा प्रदेशस्थित कार्यालयबाट सम्पादन हुने कार्यलाई थप व्यवस्थित बनाउन मद्दत पुगेको छ ।

नोटकोष कारोबारको रिपोर्टिङलाई थप व्यवस्थित र समयमै प्राप्त गर्न सकिने बनाउन नयाँ रिपोर्टिङ प्रणाली लागु गरिएको छ ।

यसका लागि मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेड अन्तर्गतका नोटकोषमा रहेको दैनिक नोटकोष विवरणको Real Time Posting and Reporting का लागि Note Chest Transaction System (NCTS) समानान्तर रूपमा कार्यान्वयनमा आएको छ ।

मुद्रा व्यवस्थापन पद्धतिलाई क्रमशः आधुनिकीकरण तथा यान्त्रिकीकरण गर्दै जाने लक्ष्यअनुरूप Banknote Shredding and Briquetting System (BSBS) जडान गरिएको छ । नोट धुल्याउने कार्यलाई यान्त्रिकीकरण गर्नको लागि मुद्रा व्यवस्थापन विभागअन्तर्गत थापाथलीमा एक र प्रदेशस्थित कार्यालयमा एक-एकका दरले सातवटा गरी जम्मा आठवटा द्यक्द्यक् नियमित रूपमा सञ्चालनमा रहेका छन् ।

टक्सार महाशाखाबाट बिक्री गरिने सुनका असर्फी, स्मारिका र मेडालियन बिक्री कार्यलाई व्यवस्थित गर्न MintBilling System (MBS) लागु गरिएको छ । ‘नेपाल राष्ट्र बैंक सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)’ लागु गरिएको छ ।

सरकारी कारोबारका क्रममा देखिएका सैद्धान्तिक तथा व्यवाहारिक समस्यालाई आवश्यकता र औचित्यको आधारमा समयसापेक्ष सम्बोधन गरी तीनै तहका सरकारी खाता सञ्चालन गर्न, सरकारी कारोबार सम्बन्धमा विभिन्न समयमा जारी भएका परिपत्रलाई समायोजन गर्न तथा प्रचलित कानुनसँग बाझिएका विषयहरूलाई समाहित गरी प्रक्रियागत रूपमा सरल बनाउन र राजस्व सङ्कलन लगायतका अन्य सरकारी कारोबार गर्न स्वीकृति प्रदान गरिएका वाणिज्य बैंकका शाखा कार्यालय तथा अन्य सम्बन्धित पक्षलाई सरकारी कारोबारसँग सम्बन्धित कार्य गर्दा उत्पन्न हुने द्विविधा अन्त्य गर्न उक्त
निर्देशिकामा आवश्यक संशोधन गरिएको छ ।

सरकारी कारोबारलाई सहज बनाउन वाणिज्य बैंकका थप शाखालाई सरकारी कारोबार गर्ने स्वीकृति प्रदान गरिएको छ । यससँगै सरकारी कारोबार गर्न स्वीकृति प्रदान गरिएका वाणिज्य बैंकको सङ्ख्या १९, वाणिज्य बैंकका शाखा सङ्ख्या १००७ र एक्सटेन्सन काउन्टरको सङ्ख्या ३७९ पुगेको छ । विदेशी मुद्रा सटही कारोबारको लागि क्यूआर कोडमार्पmत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

यसका लागि बैंकिङ विभागमा रहेको विदेशी मुद्राको सटही काउण्टरमा क्युआरमार्फत भारतीय मुद्रा र परिवत्र्य विदेशी मुद्राको सटही गर्न सकिने व्यवस्था कार्यान्वयन गरिएको छ । यसबाट बैंकको सेवा प्रवाह शीघ्र, सहज र सुविधायुक्त बनाउनमा मद्दत पुगेको छ ।