२०८२ बैशाख ११ गते

सम्हालिन खोज्दै सेयर बजार

बैंकिङ खबर/ सेयरबजार परिसूचक नेप्से २.०८ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बढेपछि २६५८.०२ विन्दुमा पुगेको छ।

आज १ करोड ९७ लाख कित्ता सेयर बिक्री भएको थियो। सो बिक्रीमा ७ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ। बिहीबार ८३ वटा सेयर बढ्दा १६१ वटाको मूल्य घटेको छ भने एउटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर ९.९९ प्रतिशतले बढेको छ। यसबाहेक ङादी ग्रुप पावर ७.५६ प्रतिशत, विन नेपाल लघुवित्त ७.२९ प्रतिशत र युनिभर्सल पावर कम्पनीको ७.२ प्रतिशतले सेयर मूल्य बढेको छ।

तर नेपाल हाइड्रोपावर डेभलपर्स, ग्रिन डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकलगायतको सेयरमा अधिकतम ७.१२ प्रतिशतसम्म गिरावट आएको छ।

आज ङादी ग्रुप पावरको ७० करोडको कारोबार भएको छ। यसबाहेक राधी जलविद्युतको ५७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५२ करोडको कारोबार भएको छ।

वाणिज्य बैंक, जलविद्युत्, लगानी, सामूहिक लगानी र व्यापार सूचक बढे पनि अन्य सूचकहरु राताम्य रहे।