Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सांग्रिला डेभलपमेन्ट बैंकमा जागिर खुल्यो

२०८२ बैशाख १० गते

बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रिकभरी अफिसर पदमा योग्य तथा इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ। बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा रिक्त रहेको उक्त पदका लागि जुनियर अफिसरदेखि वरिष्ठ अफिसर तहसम्मको उम्मेदवार छनोट गरिनेछ।

उम्मेदवारहरूले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नातकोत्तर तह उत्तीर्णलाई प्राथमिकता दिइनेछ। साथै, क्रेडिट तथा रिकभरी क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ। आवेदन दिने उम्मेदवारको उमेर ४० वर्षभन्दा कम हुनुपर्नेछ।

इच्छुक व्यक्तिहरूले बैंकको वेबसाइट www.shangrilabank.com को करियर सेक्शनमा गई तोकिएको प्रक्रियाअनुसार आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद २०८२ बैशाख २३ गते बेलुका ५ बजेसम्म तोकिएको छ।