२०८२ बैशाख ९ गते

बैंकहरुको औसत आधार दर ५ प्रतिशत : कुन बैंकको कति ?

बैंकिङ खबर/वाणिज्य बैंकहरुको औसत आधार दर २.३१ प्रतिशत विन्दुले घटेको छ । २०८०÷०८१ को चैतमा औसत ८.६३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको आधार दर अहिले ६.३२ प्रतिशतमा झरेको हो । अहिले ३ वटा वाणिज्य बैंकको आधार दर साढे ५ प्रतिशतले तल झरेको छ।

स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६ प्रतिशत भन्दा कम छ। स्ट्याण्डर्ड चार्टर्डको आधार दर ५.०९ प्रतिशतमा आइपुगेको छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको ५.०२ प्रतिशत र एभरेष्ट बैंकको ५.४५ प्रतिशतमा झरेको छ। पोहोर चैतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ६.५३, राष्ट्रिय वाणिज्य बैंकको ७.३१ र एभरेष्ट बैंकको ८.१३ प्रतिशत थियो। एनआईसी एशिया बैंकको आधार दर भने ७.०२ प्रतिशत छ।

आधार दर घट्नु भनेको नै ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। तर, कर्जाको माग अपेक्षाजनक रुपमा बढ्न सकेको छैन्।

कुन बैंकको बेसरेट कति ?

वाणिज्य बैंक

२०८१ चैतसम्मको
आधार दर

२०८० चैतसम्मको
आधार दर

फरक

नेपाल

५.९६

७.९९

-२.०३

राष्ट्रिय वाणिज्य

५.०२

७.३१

-२.२९

नबिल

५.९७

८.३६

-२.३९

नेपाल इन्भेष्टमेन्ट मेगा

६.१

८.५२

-२.४२

स्टान्डर्ड चार्टर्ड

५.०९

६.५३

-१.४४

हिमालयन

६.८

९.८४

-३.०४

नेपाल एसबिआइ

६.७३

८.९५

-२.२२

एभरेष्ट

५.४५

८.१३

-२.६८

एनआइसी एशिया

७.२

८.८६

-१.६६

माछापुच्छ्रे

६.५२

८.९७

-२.४५

कुमारी

६.७८

९.६३

-२.८५

लक्ष्मी

६.७२

९.१२

-२.४

सिद्धार्थ

६.४३

८.४६

-२.०३

कृषि

६.०९

८.६८

-२.५९

ग्लोबल आइएमई

६.३८

८.८४

-२.४६

सिटिजन्स

६.६२

८.९९

-२.३७

प्राइम

६.८२

९.२७

-२.४५

एनएमबि

६.४९

९.१५

-२.६६

प्रभु

६.८२

८.७५

-१.९३

सानिमा

६.४३

८.३५

-१.९२

औसत

६.३२१

८.६३५

-२.३१४