Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको खराब कर्जा बढ्यो, कुनको कति ?

२०८२ बैशाख ७ गते

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म वाणिज्य बैंकहरूको खराब कर्जा औसत ४.८३ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्ष ०८०/८१ को चैत मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३.६५ प्रतिशत थियो ।

आर्थिक वर्ष ०८०/८१ चैतसम्मको तुलनामा यो वर्ष १.१८ प्रतिशत विन्दुले खराब कर्जा बढेको छ । अर्थतन्त्रमा देखिएको दबाब, नयाँ कर्जा लगानी नबढ्नु, गैरबैंकिङ सम्पत्ति बिक्रीमा भएको ढिलाइ र बैंकहरूबीच बढ्दो प्रतिस्पर्धाका कारण वाणिज्य बैंकहरूको खराब कर्जा बढेको बताइएको छ ।

चालु आर्थिक वर्षको चैतसम्म अधिकांश वाणिज्य बैंकको खराब कर्जा चार प्रतिशतभन्दा माथि छ । जसमा नौ बैंकको खराब कर्जा पाँच प्रतिशतभन्दा बढी छ । खराब कर्जा पाँच प्रतिशतभन्दा बढी हुनेमा हिमालयन, कुमारी, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सन्‌राइज, एनआईसी एसिया, सिटिजन्स इन्टरनेसनल, प्राइम कमर्सियल, नेपाल र प्रभु बैंक छन् ।

हिमालयन बैंकको खराब कर्जा ७.६८ प्रतिशत छ । गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस बैंकको खराब कर्जा २.७२ प्रतिशत विन्दुले बढेको हो । सबैभन्दा कम खराब कर्जा एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । यी दुई बैंकको खराब कर्जा गत वर्षको चैतको तुलनामा घटेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा गत वर्षको चैतसम्मको तुलनामा ०.७ प्रतिशत विन्दुले घटेको छ । त्यस्तै, एभरेस्ट बैंकको खराब कर्जा ०.०६ प्रतिशत विन्दुले घटेको छ ।

बैंकको नाम तेस्रो त्रैमाससम्मको खराब कर्जा (प्रतिशतमा) घट्बढ् प्रतिशत
२०८१/८२ २०८०/८१
हिमालयन बैंक ७.६८ ४.९६ २.७२
कुमारी बैंक ६.९८ ४.९५ २.०३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.०६ ४.६६ १.४
लक्ष्मी सन्राइज बैंक ५.८६ ५.४९ ०.३७
एनआईसी एशिया बैंक ५.७५ ३.०८ २.६७
सिटिजन्स इन्टरनेशनल बैंक ५.७१ ३.७६ १.९५
प्राइम कमर्सियल बैंक ५.६५ ४.२९ १.३६
नेपाल बैंक ५.४५ ४.८५ ०.६
प्रभु बैंक ५.०९ ४.८१ ०.२८
ग्लोबल आइएमई बैंक ४.९८ ४.७४ ०.२४
कृषि विकास बैंक ४.९८ ३.३ १.६८
नबिल बैंक ४.९६ ४.०४ ०.९२
राष्ट्रिय वाणिज्य बैंक ४.६९ ४.३ ०.३९
माछापुच्छ्रे बैंक ४.५९ ३.६८ ०.९१
एनएमबि बैंक ४.४७ २.८६ १.६१
नेपाल एसबिआई बैंक ४.०६ १.९८ २.०८
सिद्धार्थ बैंक ४.०४ २.५२ १.५२
सानिमा बैंक ३.४२ १.८९ १.५३
स्ट्याण्डर्ड चार्टर्ड बैंक  १.४४ २.१४ -०.७
एभरेष्ट बैंक ०.६४ ०.७ -०.०६
औसत  ४.३८ ३.६५ १.१८