Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, भाग्यशाली ३ जनालाई थप २.५० कित्ता

२०८२ बैशाख ७ गते

बैंकिङ खबर/विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये २ करोड २१ लाख ४३ हजार ४८० कित्ता सेयर खरिदका लागि परेको १९ लाख २० हजार ९३९ आवेदन सदर भएको छ । सदर भएका आवेदकहरुलाई ५१ हजार २९५.२५ कित्ता सेयर बाँडफाँड गरिएको छ ।

कुल आवेदकमध्ये ५ हजार १२९ जनालाई १० कित्ताका दरले ५१ हजार २९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको १.०५ कित्ता सेयर ३ जना लाई थप वितरण गरिएको छ । जसमध्ये २ जनालाई १–१ कित्ता र १ जनालाई थप ०.५० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

यसरी बाँकी १३ लाख १२ हजार ४१८ जना आवेदकको हात भने रित्तो भएको छ । संस्थाले गत चैत २१ गतेदेखि २६ गतेसम्म हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबरको प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ गत चैत २१ गतेदेखि जारी गरेको थियो ।