April 18th, 2025

राष्ट्र बैंक सञ्चालक समितिको बैठक आइतबारका लागि डाकियो

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक आइतबारका लागि डाकिएकाे छ । बैंककी कायममुकायम गभर्नर निलम ढुंगानाले तिम्सिनाले आइतबार साँझ ५ः३० बजे समितिको बैठक बोलाएकी हुन् । बैठकमा कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ र डा.गुणाकर भट्टले दिएको राजीनामाबारे छलफल हुने स्रोतले जनाएको छ । राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ हुँदै जाँदा नियुक्तिको विवाद र बहस सर्वाेच्च अदालतसम्म पुगेको छ ।