Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको झण्डै २ लाख कित्ता शेयर बिक्रीमा

२०८२ बैशाख ५ गते

बैंकिङ खबर/कुमारी बैंक लिमिटेडले १ लाख ९२ हजार ६४१ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ।

बैंकका अनुसार उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको अवधिभित्र बैंकका संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणमा जारी गरिने जनाएको छ। शेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ।