Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साल्भी इनर्जीको आईपीओ आजदेखि खुल्दै

२०८२ बैशाख ५ गते

बैंकिङ खबर/ सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । यसमा १० बजेपछि आवेदन दिन मिल्नेछ।

यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँले जम्मा ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। जसमध्ये पहिलो चरणमा ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

आयोजना प्रभावितका लागि निष्कासन गरिएको शेयरमा ईलाम नगरपालिका वडा नम्बर १०, माईजोगमाई गाउँपालिका वडा नम्बर १, ३ र ४, सूर्योदय नगरपालिका वडा नम्बर १० र ११ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यसमा घटीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म माग गर्दै वैशाख १९ गतेसम्म आवेदन दिन सकिनेछ। तर आयोजना प्रभावितबाट पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म बिक्री अवधि लम्बिने छ भने वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।

यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणलाई २६ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ। कम्पनीको सेक्टर हाइड्रोपावर रहेको छ।