April 17th, 2025

बैंकहरुले बढाए कर्जा लगानी

बैंकिङ खबर/ चैतमा बैंकहरुले लगानी बढाएका छन् । चैतमा ६३ अर्ब ९० करोड रुपैयाँ कर्जा विस्तार गरेका हुन् । चैतमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यस्तै राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब ९० करोड, नबिल बैंकले ७ अर्ब १० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६० करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ अर्ब १० करोड कर्जा प्रवाह गरेका छन्।

चैतमा माछापुच्छ्रे बैंकले सबैभन्दा कम १ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ। प्रभु, कुमारी र एनआइसी एसिया बैंकको ऋण लगानी भने घटेको छ। कुमारी बैंकको ३ अर्ब ५० करोड, एनआइसी एसियाको १ अर्ब ४० करोड र प्रभु बैंकको ५० करोड रुपैयाँले कर्जा लगानी खुम्चिएको हो। चैतमा बैंकहरुबाट प्रवाह भएको कर्जामध्ये ३६ प्रतिशत अर्थात २३ अर्ब रुपैयाँ अन्तिम दिन अर्थात चैत ३१ गते गएको हो।

कुन बैंकले कति बढाए कर्जा लगानी?

वाणिज्य बैंकह

२०८१ फागुन मसान्तसम्म
(रु. अर्बमा)

२०८१ चैत मसान्तसम्म
(रु. अर्बमा)

फरक (रु.अर्बमा)

कृषि विकास

२०८.७८

२११.५४

२.८

सिटिजन्स

१६९.८९

१७२.७३

२.८

एभरेष्ट

२२४.०८

२२५.८३

१.८

ग्लोबल आइएमई

४२९.८३

४३८.८३

हिमालयन

२५१.२

२५२.५९

१.४

कुमारी

३०१.०९

२९७.३२

-३.८

लक्ष्मी सनराइज

२८४.७२

२८८.१६

३.४

माछापुच्छ्रे

१४५.१९

१४६.२७

१.१

नबिल

४१४.३९

४२१.५२

७.१

नेपाल

२२५.६१

२२९.४७

३.९

नेपाल इन्भेष्टमेन्ट मेगा

३५१.६९

३५७.२४

५.६

नेपाल एसबिआई

१३९.८५

१४२.०३

२.२

एनआईसी एसिया

२४९.९

२४८.५२

-१.४

एनएमबि

२३३.७४

२३७.६७

३.९

प्रभु

२३४.५६

२३४.१

-०.५

प्राइम कमर्सियल

२१५.७२

२२०.७५

५.०३

राष्ट्रिय वाणिज्य

२८९.२

२९७.०८

७.९

सानिमा

१७९.६८

१८२.२१

२.५

सिद्धार्थ

२१५.६४

२१९.७१

४.१

स्टान्डर्ड चार्टर्ड

८५.८३

९०.९४

५.१

जम्मा

४८५०.५९

४९१४.५१

६३.९

यस्तै चैतमा वाणिज्य बैंकहरुले ८१ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। त्यसमध्ये १२ अर्ब ७० करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा थपिएको हो। प्रभु बैंकले १२ अर्ब ६० करोड, कुमारी बैंकले ९ अर्ब ५० करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ३० रुपैयाँ निक्षेप बढाएका छन्। १५ बैंकमा निक्षेप थपिंदा ५ बैंकमा भने घटेको छ। सिटिजन्स, लक्ष्मी सनराइज, एनआईसी एसिया, स्टान्डर्ड चार्टर्ड र सानिमा बैंकको निक्षेप खुम्चिएको हो।

कुन बैंकमा कति थपियो निक्षेप ?

वाणिज्य बैंक

२०८१ फागुन मसान्तसम्म
(रु. अर्बमा)

२०८१ चैत मसान्तसम्म
(रु. अर्बमा)

फरक (रु. अर्बमा)

कृषि विकास

२५३.२८

२५४.९५

१.७

सिटिजन्स

२०१.८३

२००.५

-१.३

एभरेष्ट

२६७.७६

२६७.८१

०.१

ग्लोबल आइएमई

५३३.२३

५३७.६९

४.५

हिमालयन

३०३.०४

३०४.४७

१.४

कुमारी

३५६.५९

३६६.०४

९.५

लक्ष्मी सनराइज

३५०.५१

३४८.३

-२.२

माछापुच्छ्रे

१६८.०९

१७१.३३

३.२

नबिल

५०३.२५

५१०.६८

७.४

नेपाल

३०९.९८

३१५.५८

५.६

नेपाल इन्भेष्टमेन्ट मेगा

४५२.६४

४५९.९२

७.३

नेपाल एसबिआई

१८१.४५

१८५.७५

४.३

एनआईसी एसिया

२९८.६८

२९७.७४

-०.९

एनएमबि

२६६.८६

२७२.५७

५.७

प्रभु

३१२.९१

३२५.४८

१२.६

प्राइम कमर्सियल

२४२.६९

२४९.०१

६.३

राष्ट्रिय वाणिज्य

४४७.५५

४६०.२५

१२.७

सानिमा

२१५.०६

२१५.०४

-०.०२

सिद्धार्थ

२४६.३१

२५०.४९

४.२

स्टान्डर्ड चार्टर्ड

१२५.३३

१२४.७५

-०.६

जम्मा

६०३७.०४

६११८.३५

८१.३