Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

देउवाको ब्रिफिङ– दुई/तीन दिनमा गभर्नर नियुक्त हुन्छ, राम्रो मान्छे बन्छन्

२०८२ बैशाख ४ गते

बैंकिङ खबर/ कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा पार्टीका नेताहरूलाई ब्रिफिङ गरेका छन्। आफ्नै निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूसहितको बैठकमा दुई/तीन दिनभित्रै गभर्नर नियुक्त हुने जानकारी दिएका हुन्।

सत्ता साझेदार दल कांग्रेस-नेकपा एमालेबीच भागबन्डामा कुरा नमिलेर गभर्नर नियुक्ति हुन नसकेको बेला देउवाले पार्टीका नेताहरूलाई बोलाएर छलफल गरेका हुन्।

बिहीबार आफ्नै निवासमा नेताहरूलाई बोलाएर देउवाले गभर्नर बन्ने व्यक्तिको नाम उल्लेख नगरी भने, ‘गभर्नर राम्रो मान्छे बनाउने हो। दुई/तीन दिनमै हुन्छ। राम्रो मान्छे आउनुहुन्छ।’