Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गभर्नर नियुक्तिमा ओली र देउवाबीच सहमति भइसक्योः प्रवक्ता गुरुङ

२०८२ बैशाख ३ गते

बैंकिङ खबर/ सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गभर्नर नियुक्ति छिट्टै हुने बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले गभर्नर नियुक्तिको विषय दलहरुको चासो हुनु स्वभाविक भएको बताए।

उनले भने, ‘गभर्नर नियुक्ति ढिलो भएकै छ। चाँडोभन्दा चाँडो गर्दैछौं। कुनै चलखेल भएको छैन। एउटै पार्टीको सरकार होइन, मिलिजुली सरकार हो। सरकारमा कांग्रेस र एमाले मात्रै होइन अरु पार्टीहरु पनि छन्। यो विषयमा सबैको चासो हुन्छ, त्यसलाई मिलाउनुपर्ने छ।’

हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नर नियुक्ति गर्ने सहमति भएको बताए।