April 16th, 2025

राष्ट्र बैंकले ‘एसआईपीएस’ का लागि माग्यो सुझाव

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ्ग सिस्टमेटिकल्ली इम्पोटेन्ट पेमेन्ट सिस्टम’ का लागि राय सुझाव माग गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै राय सुझाव पेश गर्न सराेकारवालालाई आग्रह गरेको हो ।

सोको लागि राष्ट्र बैंकले मस्यौदा तयार गरेर वेवसाइटमा समेत राखिसकेको छ । राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू वित्तीय प्रणालीका अत्यावश्यक अङ्ग रहेको जसले उच्च/मूल्य र संवेदनशील कारोबारहरू प्रशोधन गर्ने बताएको छ ।

साथै, राष्ट्र बैंकले लचिलो भुक्तानी प्रणालीहरू मौद्रिक नीतिको कार्यान्वयनका लागि पनि अति आवश्यक रहेको बताएको छ । राष्ट्र बैंककाअनुसार सुरक्षित र समयमा हुने भुक्तानीहरू मार्फत जोखिम न्यूनिकरण, कारोबार खर्चमा कमी र आर्थिक विश्वासको प्रवद्र्धन सम्भव हुन्छ । नेपाल राष्ट्र बैंकले ऐन, २०५८ अन्तर्गत प्राप्त नियामक तथा उत्प्रेरक भूमिकामार्फत नेपालको भुक्तानी पूर्वाधारलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ ।

Framework-for-identifying-Systemically-Important-Payment-Systems-SIPS_2025-04-16