April 16th, 2025

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँटको मिति तय

बैंकिङ खबर/विन नेपाल लघुवित्तको एफपीओ आइतबार अर्थात् चैत ७ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो।

कम्पनीको एफपिओमा ४५५.९१ गुणा बढी आवेदन परेको छ । यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ ।

कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।