Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पियोर इनर्जीको आईपीओ खुल्यो

२०८१ चैत्र २८ गते

बैंकिङ खबर/ पियोर इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आजबाट खुलेको छ । यसमा बिहान १० बजेदेखि आवेदन दिन सकिनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ।

पहिलो चरणको आईपीओ बाँडफाँडपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ। यसरी अब बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरेको हो।

यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २ गते रहेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।