April 9th, 2025

यी वाणिज्य बैंकका सिईओको कार्यकाल सकिँदै

बैंकिङ खबर/ तीन वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) को कार्यकाल आगामी बैशाख ९ गते सकिँदैछ । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाँडे लगायतको कार्यकाल सकिन लागेको हो ।

त्यस्तै गुड विल फाइनासका सिईओ, साइन रेसुंगा डेभलपमेन्ट बैंकका सिईओ, एनएमबी बैंकका सिईओको कार्यकाल समेत सकिँदैछ । जसमा गरिमा विकास बैंकका सिइओ गोबिन्द ढकालले बैंक छोडिसकेका छन् भने एनएमबी बैंकका सिईओ सुनिल केसीको कार्यकाल बैशाखमा सकिने गरी ४० दिनका लागि मात्रै थप गरिएको छ । त्यसपछि डेपुटी सिईओ गोबिन्द घिमिरे सिईओ बन्नेछन् ।

अदालतको फैसलाको सम्मान गर्दै हिमालय बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका सिईओले बैंक छोड्ने योजना बनाइसकेका बुझिएको छ । सोही अनुसार बैंक संचालक समितिले नयाँ सिईओ कसलाई बनाउने भन्ने गृहकार्य थालिसकेका छन् ।