बैंकिङ खबर/ नेपालको वित्तीय गुप्तचर इकाइले चालु आर्थिक वर्ष २०८०/८१ मा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय सहयोगविरुद्ध लड्न उल्लेखनीय प्रगति गरेको बताएको छ। ‘एफआईयू-नेपाल वार्षिक प्रतिवेदन २०८०र८१’ अनुसार, संस्था आर्थिक अपराध नियन्त्रणमा कानुनी, प्रविधि र संस्थागत सुधारमार्फत थप सशक्त भएको छ।
वर्षभरमा FIU-Nepal मा ७,३३८ वटा क्त्च्रक्ब्च् उजुरी प्राप्त भएका थिए, जसमध्ये १,६३५ उजुरी विश्लेषण गरिएको र ८८९ उजुरी सरोकारवाला निकायमा पठाइएको प्रतिवेदनले जनाएको छ। ‘goAML’प्रणालीमार्फत बैंक, बीमा, क्यासिनो, सुनचाँदी व्यवसायीलगायतका निकायबाट प्राप्त रिपोर्टहरूमा उच्च मूल्यका शंकास्पद कारोबारहरू उल्लेख छन्। यस वर्ष STR रिपोर्टमार्फत पहिचान गरिएका रकम २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेका छन्।
नेपालले हालै संशोधित गरेको सम्पत्ति शुद्धीकरण निवारण ऐन (ALPA, २००८) र नयाँ नियमावली (ALPR, २०८०) मार्फत कानुनी रूपमै FIU लाई थप अधिकारसम्पन्न बनाइएको छ। साथै, विश्व बैंक, IMF, Egmont Group र Asia Pacific Group जस्ता अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्दै FIU-Nepal ले २०२३ मा सम्पन्न तेस्रो ‘म्युचुअल इभालुएसन’ प्रक्रियामा धेरै मापदण्ड सुधार गरेको जनाएको छ।
FIU प्रमुख वसुदेव भट्टराईका अनुसार, अहिले २०० भन्दा बढी मुलुकमा लागु भएका FATFका ४० सिफारिसहरूप्रति नेपालको प्रतिबद्धता बलियो हुँदै गएको छ। अब आगामी पाँच वर्षका लागि ‘राष्ट्रिय रणनीति’ तयार भइसकेको छ जसअनुसार निजी, सरकारी र नियामक निकायहरूबीच समन्वय गर्दै AML/CFT कार्यान्वयन थप प्रभावकारी बनाइने छ। यो पहलले नेपालको वित्तीय प्रणालीलाई पारदर्शी, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने अपेक्षा गरिएको छ।




