Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मर्जरमा जान चाहने ब्रोकरले अब १५ दिनभित्रै स्वीकृति पाउने

२०८१ चैत्र २० गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले ब्रोकर मर्जरलाई अगाडि बढाउन निर्देशिका जारी गरेको छ। बोर्डले धितोपत्र व्यवसायी गाभ्ने÷गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०८१ जारी गर्दै ब्रोकर मर्जरमा जाने बाटो खुला गरेको हो।

निर्देशिकाले मर्जरमा जान चाहने धितोपत्र दलाल (ब्रोकर) वा धितोपत्र व्यापारीले सञ्चालक समिति तथा साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरेर स्वीकृतिका लागि बोर्डमा आवेदन दिनुपर्नेछ।

जसमा संस्थाले गाभ्ने र गाभिने सम्बन्धमा भएको सम्झौतापत्र, मर्जर गर्ने समयसहितको कार्ययोजना,पछिल्लो आथिृक बर्षको लेखापरीक्षण भएको वित्तीय विवरण र मर्जरमा जाने आधारहरुलाई स्पष्ट खुलाएर बोर्डमा निवेदन दिनुपर्नेछ। उक्त निदेवदनका आधरमा बोर्डले १५ कार्यदिनभित्र स्वीकृति दिइसक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।