April 1st, 2025

उल्टियो नेप्से सीइओ नियुक्तिको निर्णय: चुडामणि चापागाईं नियुक्त


बैंकिङ खबर/ नेपाल स्टक एक्स्चेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो ।

झापाका चापागाईंले लामो समय सानिमा बैंकमा आवद्ध रहेर काम गरेका छन् । हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन् ।

यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त छ ।

सीईओ छनोटका लागि अन्तिम पाँच जना उम्मेदवारको सूचिमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका थिए।