Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

यस्ता छन् डिजिटल वित्तीय कारोबारमा तीन तहको सुरक्षा

२०८१ चैत्र १९ गते

बैंकिङ खबर/आधुनिक डिजिटल प्रविधिले हामीलाई सहज रुपमा वित्तीय सेवा प्रदान गरेको छ भने यसको दुरुपयोगको जोखिम पनि उत्तिकै बढेको छ। तसर्थ, उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्नु आवश्यक छ।

यसका लागि तीन तहको सुरक्षा बुझौँ

पहिलो– तपाइँलाई मात्र थाहा हुने (समथिङ यु नो): यो तहले तपाइँलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ। जसमा तपाइँको पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ। यस तहको सुरक्षा मुख्य रुपमा तपाइँको ज्ञान र सम्झनामा भर पर्छ।

दोस्रो– तपाइँसँग मात्र हुने (समथिङ यु ह्याभ): यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच केवल तपाइँसँग छ। जस्तै– तपाइँको मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन। यी वस्तुले तपाइँको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र तपाइँको वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन्।

तेस्रो– तपाइँको आफ्नै (समथिङ यु आर): यसमा तपाईंको व्यक्तिगत बायोमेट्रिक विवरणहरु जस्तै– औँठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन्।

नेपाल राष्ट्र बैंकले वित्तीय सचेतनाका लागि एउटा सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो। ‘डिजिटल वित्तीय कारोबारका लागि उल्लिखित प्रमाणीकरणका विधिहरु प्रयोग गरौँ र यस्ता विवरण अत्यन्तै गोप्य राखौँ’, केन्द्रीय बैंकले भनेको छ।