Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेको सीईओः लुइँटेलले बधाई पाए, पाएनन् पत्र

२०८१ चैत्र १८ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारद लुइँटेललाई नियुक्त गर्ने सरकारको निर्णय आधा बाटोबाटै खारेज भएको छ ।

गत साता सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकमा सहभागी मन्त्रीहरूले उनको नियुक्तिको जानकारी सञ्चारमाध्यमलाई दिएका थिए। तर, नियुक्तिको खबर बाहिरिएर लुईटेलले बधाई थापे । तर उनको नियुक्ती धरापमा पर्ने भएको छ ।

नेकपा एमाले र कांग्रेसबीच भएका भागबण्डामा एमालेको तर्फबाट परेका लुईटेलको नियुक्तिलाई परराष्ट्रमन्त्री आरजु राणाले रोक्नु भनेपछि पत्र रोकिएको छ । मन्त्रिपरिषदबाट नियुक्त गर्ने निर्णय भएको उनको पत्र अर्थले अहिलेसम्म दिएको छैन ।