बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१’ जारी गर्दै ब्रोकर मर्जर प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाएको छ। बोर्डले धितोपत्र ऐन, २०६३ को दफा ११८ अनुसार ब्रोकर मर्जरलाई संस्थागत गर्न नयाँ व्यवस्था लागू गरेको हो।
ब्रोकर मर्जरमा जान चाहने कम्पनीहरूले आवश्यक कागजात पेश गरेपछि बोर्डले १५ कार्यदिनभित्र सैद्धान्तिक सहमति दिनेछ। सहमति नदिने निर्णय भएमा ७ कार्यदिनभित्र कारणसहित जानकारी दिइनेछ।
सैद्धान्तिक सहमति पाएको कम्पनीले स्वतन्त्र मूल्यांकनकर्ताबाट सम्पत्ति, दायित्व तथा व्यवसायिक कारोबारको मूल्यांकन (ड्यू डिलिजेन्स अडिट) गराउनु पर्नेछ। मूल्यांकनका लागि ७५५ समायोजित खुद सम्पत्ति, १५५ नगद प्रवाहको वर्तमान मूल्य र १०५ अन्य अन्तर्राष्ट्रिय विधि अपनाइनेछ।
मर्जरपछि कम्पनीको नाम, ठेगाना, सम्पत्ति, दायित्व, पूँजी संरचना, स्वामित्व, कर्मचारी व्यवस्थापन तथा शेयर स्वाप अनुपात निश्चित गर्नुपर्नेछ। अन्तिम सम्झौता भएपछि १५ कार्यदिनभित्र अन्तिम स्वीकृतिका लागि बोर्डमा निवेदन दिनुपर्नेछ।
मर्जर सम्पन्न भएपछि एकीकृत कारोबार गर्न बोर्डको स्वीकृति अनिवार्य हुनेछ। साथै, धितोपत्रको कारोबार, टीएमएस प्रणाली र हितग्राही खाता व्यवस्थापन सम्बन्धी प्रावधानहरू लागू हुनेछन्।
IBSYcvTbZADRHNW9ZKHcdQJ62cjFy0L3oCDlWAQk