Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

घरजग्गामा आकर्षण घटेपछि बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्योः राष्ट्र बैंक

२०८१ चैत्र १५ गते

बैंकिङ खबर/घरजग्गामा आकर्षण घट्न थालेपछि त्यसको असर बैंक तथा वित्तीय क्षेत्रमा परेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०२३/२४ को वार्षिक सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्ति बढ्नुमा घरजग्गा कारोबार प्रमुख रहेको औँल्याएको हो।

प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा बढ्नुमा उपभोग्य क्षमता कमजोर भई माग घट्नु, अर्थतन्त्र सुस्त हुनु, निर्माण क्षेत्र सुस्त रहनु र कर्जा प्रवाहको उद्देश्यअनुसार कर्जाको उपयोग नहुनु प्रमुख कारण मानेको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा ४.९९ प्रतिशत छ।