March 25th, 2025

गभर्नर पद कांग्रेसले हत्याउँदा यी तीनमध्येबाट हुनेछन् भावी गभर्नर

बैंकिङ खबर/ नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक पद एमालेले लिँदा नेपाली कांग्रेसले गभर्नर पद हडप्ने अभियान स्वरुप हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक पद स्वीकार गरी कुलमान घिसिङलाई बर्खास्त गर्न तयार देखिएको छ ।

यो प्रकृयासँगै गभर्नर पद नेपाली कांग्रेसको पोल्टामा पर्ने निश्चित प्रायःछ । अहिले कांग्रेस कोटाबाट ३ जना गभर्नरका प्रतिस्पर्धि छन् । जसमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं लगानी बोर्ड नेपालका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट १८ औं गभर्नरका सबैभन्दा बलिया दाबेदार छन् ।

तथापी उनले आफू गभर्नर नबनेर राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डेलाई समर्थन गर्ने मनसायमा देखिएका छन् । यसो गर्दा यताको पद पनि जोगिने र राष्ट्र बैंकमा पनि बलियो उपस्थित हुने देखिन्छ । यही अवस्थामा नविल बैंकमा सिईओ पदबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना पनि बलिया दावेदार देखिन्छन् । उनलाई कांग्रेस सांसद विनोद चौधरीले अघि सारेका छन् ।