Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कञ्चन डेभलपमेन्ट बैंकको नौ लाख ९० हजार कित्ता हकप्रद पुस १८ गतेदेखि

२०७३ मंसिर ३० गते

kanchanकञ्चन डेभलपमेन्ट बैंकको दुई बराबर एकको अनुपातमा हकप्रद सेयर पुष १८ गतेदेखि खुला हुने भएको छ । बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।  

माघ २३ गतेसम्म निष्काशन हुने हकप्रद सेयरमा मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउनेछन् । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा बैंकले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी १९ करोड ८० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्तापुँजी २९ करोड ७० लाख रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर समेत दिँदैछ । जसपश्चात् बैंकको चुक्तापुँजी ३४ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । यो पुँजीबाट पनि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव बैंकले आगमी पुस ९ गते बस्ने साधारणसभामा लग्दैछ । सो हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४५ करोड रुपैयाँ पुग्नेछ ।