March 23rd, 2025

ऋणको ब्याजदर सस्तियो, आधारदर ५ प्रतिशतसम्म आइपुग्यो

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको आधार दर (बेस रेट)५ प्रतिशतसम्म आइपुगेको छ । आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम (तरलता) थुप्रिएसँगै बैंकहरुले घटाउँदै आएको निक्षेपको ब्याजदरले लागत घटेर बेस रेट तल आएको हो।

बैंकहरुले पछिल्लो डेढ वर्षयता निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। जसले गर्दा बेस रेट घटेको हो। अहिले तीनवटा वाणिज्य बैंकको बेस रेट ६ प्रतिशतभन्दा तल छ। स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट साढे ५ प्रतिशतभन्दा तल आएको हो।

स्ट्याण्डर्ड चार्टर्डको बेस रेट ५.०३ प्रतिशतमा आइपुगेको छ। त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ५.२८ र एभरेष्ट बैंकको ५.४६ प्रतिशतमा झरेको छ। बेस रेट घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले बेस रेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। कर्जाको माग अपेक्षाजनक रुपमा बढ्न नसकेका कारण बैंकहरुले ०.१० प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिइरहेका छन्।

कुन बैंकको बेस रेट कति ?

वाणिज्य बैंक

फागुनको बेस रेट

स्ट्यान्डर्ड चार्टर्ड

५.०३

राष्ट्रिय वाणिज्य

५.२८

एभरेस्ट

५.४६

नेपाल

५.९६

नबिल

६.०५

नेपाल इन्भेष्टमेन्ट

६.२५

कृषि विकास

६.५२

ग्लोबल आइएमई

६.५६

एनएमबि

६.५९

सानिमा

६.६

माछापुच्छ्रे

६.६८

सिद्धार्थ

६.६९

नेपाल एसबिआई

६.८५

हिमालयन

६.८८

लक्ष्मी सनराइज

६.९३

प्रभु

६.९३

सिटिजन्स

६.९५

कुमारी

६.९९

प्राइम कमर्सियल

एनआईसी एसिया

७.४१