Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनएमबी बैंकको १ लाख २२ हजार कित्ता सेयर लिलामीमा

२०८१ चैत्र ८ गते

बैंकिङ खबर/एनएमबी बैंकको १ लाख २२ हजार १२ कित्ता सेयर लिलामीमा राखिएको छ। बैंकले संस्थापक समूहको उक्त सेयर लिलामीमा राखेको हो। कसको स्वामित्वको सेयर बिक्रीमा राखिएको भन्ने नखुलाई बैंकले उक्त सेयर संस्थापक सेयरधनीबाट खरिद गर्न आह्वान समेत गरेको छ।

बैंकले ३५ दिन आवेदन दिनुपर्ने भन्दै मूल्य आपसी सहमतिमा समेत निर्धारण गर्ने उल्लेख गरेको छ। इच्छुकले कम्पनी सचिवको कार्यलय, बबरमहलमामा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ। बैंकले उक्त सेयर संसथापक सेयरधनीहरुमा विक्री नभएको खण्डमा भने सर्वसाधारण तथा ऋन्य सेयरधनीहरुमा खदिर आह्वान गर्न सक्नेछ।