March 21st, 2025

कर्मचारी सञ्चय कोषमा खुल्यो रोजगारी

बैंकिङ खबर/ कर्मचारी सञ्चय कोषमा प्रमुख सहायकदेखि प्रबन्धकसम्म ३८ जनालाई अवसर खुलेको छ । खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि कोषले प्रमुख सहायकदेखि प्रबन्धकसम्म ३८ जनाका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक योग्य व्यक्तिले यो सूचना प्रकाशित मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।

कोषले प्रशासनतर्फ प्रमुख सहायक (पाँचौँ तह)मा २२ जना पदपूर्ति गर्न लागेको छ। सहायक प्रबन्धक (छैटौँ तह)तर्फ प्रशासन, कानुन र प्राविधिक तथा सूचना प्रविधिमा ११ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

यसैगरी उपप्रबन्धक (सातौँ तह)तर्फ चार्टर्ड एकाउन्टेन्ट ३ जना र प्रशासनमा १ जना पदपूर्तिका लागि कोष दरखास्त खुलाएको छ। आठौँ तहको प्रबन्धकमा पनि प्रशासनतर्फ १ जना कोषले पदपूर्ति गर्ने भएको छ।