March 20th, 2025

डेभलपमन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ चयन

बैंकिङ खबर/ विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सुयोग श्रेष्ठ पुनः चयन भएका छन् । बिहीबार पोखरामा आयोजना गरिएको एसोसिएसनको १९औँ वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । श्रेष्ठ सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

समितिमा उपाध्यक्षमा कामना सेवा विकास बैंक लिमिटेडका सीईओ दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकको सीईओ माधव प्रसाद उपाध्याय तथा कोषाध्यक्षमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा लुम्बिनी विकास बैंकका नरेशसिंह बोहरा, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकका दीपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैंकका हरिबहादुर बुढाथोकी र सप्तकोसी डेभलपमेन्ट बैङ्कका दिनेश पोखरेल चयन भएका छन् । साधारण सभाले आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, चालु आवको अनुमानित आय व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।