Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से सीईओः सर्टलिस्टमा परेका पाँच जनाले दिए अन्तरवार्ता

२०८१ चैत्र ६ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पाँच जनाको संक्षिप्त सूची सर्ट लिस्ट परेका पाँच जनाले आज कार्य मूल्यांकन प्रस्तुती दिएका छन् ।

संंक्षिप्त सूचीमा परेका पाँचजनामा पहिलो नम्बरमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल,पूर्णप्रसाद आचार्य,बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालले कार्य मूल्यांकन प्रस्तुती दिएक हुन् । आइतबार अर्थमन्त्रालयले पाँच जनाको सर्ट लिस्ट सार्वजनिक गर्दै आज कार्यप्रस्तुती दिन बोलाएको थियो ।

कार्य मूल्यांकन र प्रस्तुतीको आधारमा तीन जनाको नाम अर्थ मन्त्रालयले मन्त्रीपरिषद्बाट पेशगरी आगामी मन्त्रीपरिषद् बैठकबाट चारवर्षका लागि सीइओ नियुक्ति गर्ने छ ।