March 17th, 2025

स्वरोजगार लघुवित्तको एफपीओ : प्राविधिक त्रुटी हुँदा फुकुवा हुन सकेन रकम

बैंकिङ खबर/ स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिएका लगानीकर्ताहरुको रकम चार दिन हुँदा पनि फिर्ता भएकाे छैन । एफपीओमा लगानी गरेका लगानीकर्ताहरुका करोडौं रकम निष्कासनकर्ता तथा विक्री प्रबन्धक एमएमबि क्यापिटलमा रहेकाे छ ।

एनएमबि क्यापिटल लिमिटेडको निष्कासन तथा विक्री प्रबन्धमा गत १ गते बाँडफाँट सम्पन्न गरी सि(आस्बा प्रणालीमा आवश्यक कार्य गर्दा निष्कासन तथा विक्री प्रबन्धकको तर्फबाट प्राविधिक त्रुटी हुन गई आवेदकको रकम फुकुवा हुन नसकेको र हाल उक्त कम्पनीले सो समस्या समाधान गरी आवश्यक कार्य अगाडि बढाएकाले उक्त कार्य सम्पन्न भए पश्चात् सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाले रकम फुकुवा गर्न सकिने सिडिएससीद्वारा जारी सूचनामा उल्लेख छ ।

कम्पनीको एफपीओ १९ हजार ५ सय ७४ जनाले १०/१० कित्ता र भाग्यमानी ३ जनाले ११/११ कित्ताका दरले पाएका थिए । लघुवित्तले प्रतिकित्ता रु. १०० का दरले १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्काशन गरेकोमा १८ लाख ८२ हजार ४२२ आवेदकबाट २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था लि।द्वारा निष्कासित उक्त एफपीओबापतको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि तुरुन्तै बिक्री पनि गर्न मिल्नेछ । हाल दोस्रो बजारमा आज सोमबार उक्त कम्पनीको मूल्य ९७३ रुपैयाँ कायम भएको छ । शतप्रतिशत गल्ती र कमजोरी शेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले भने हालसम्म कुनै जानकारी प्रकाशन गरेको छैन ।

स्वरोजगार लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले सामाजिक सञ्जालमा सिडिएससीको चौतर्फी विरोध गरेपछि निकालेको सूचना