बैंकिङ खबर/ वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार फागुन महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ ।
बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १७ बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् । त्यस्तै फागुन महिनाको तुलनामा चैत महिनाका लागि तीन बैंकहरुले ब्याजदर घटबढ भएकाे छ ।
चैत महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.९५ प्रतिशत रहेको छ । फागुनमा यस्तो ब्याजदर ६.००१ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.०४ बिन्दुले घटेको छ ।
त्यस्तै संस्थागतर्फ चैत लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ४.४६ प्रतिशत विन्दुमा झरेको छ । फागुनमा यस्तो ब्याजदर ४.४९ प्रतिशत रहेको थियो ।
चैतका लागि नेपाल र हिमालयन बैंकले ब्याजदर घटाएका छन् भने कुमारी बैंकले ब्याजदर बढेको छ। नेपाल बैंकले ०.१ प्रतिशत बिन्दुले घटाएकाे छ भने हिमालयन बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.७५ प्रतिशत बिन्दुले घटाएको छ । कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा ०.१ प्रतिशतले ब्याजदर बढाएको छ।
त्यस्तै कृषि विकास बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.५१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।
चैत महिनाका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.५ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ भने नेपाल बैंकले व्यक्तिगत तर्फ ५.५ प्रतिशत र संस्थागत तर्फ ४.१५ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.०५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत ब्याज दिने भएको छ भने एनआईसी एशिया र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशत ब्याज दिने भएको छ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ । सिटिजन इन्टरनेशनलले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६५ प्रतिशत र संस्थागत तर्फ ४.१ प्रतिशत ब्याज दिने भएको छ ।
नबिल बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ । कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा ६.०१ प्रतिशत र संस्थागत तर्फ ५.०१ प्रतिशत ब्याज दिने भएको छ ।
चैतका लागि माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ भने सिद्धार्थ बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ भने प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ ।
स्ट्याण्डर्ड चार्टर्डले चैतका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको । त्यस्तै हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।