
बैंकिङ खबर/ बजारमा कर्जाको माग सामान्य रुपमा बढ्न थालेको देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा साढे ६७ खर्ब निक्षेप पुग्दा ५४ खर्ब रुपैयाँ बढी कर्जा लगानी भएको छ ।
बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडी रेसियो पनि बढ्न थालेको छ । केही समयअघिदेखि ठप्प रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी केही मात्रामा बढ्न थालेको हो ।
राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ६७ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ । फागुन २५ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ६० खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५४ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४८ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब १३ रुपैयाँ लगानी गरेका छन् ।
बैंकिङ प्रणालीमा कर्जा प्रवाह बढ्न थालेसँगै सिडि रेसियो पनि बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७९.५५ प्रतिशत रहेको छ ।
