
बैंकिङ खबर/राष्ट्र बैंककाा पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा पछिल्लो समय बैंकिङ क्षेत्रमा काम गर्नेहरू जागिर छाड्नेहरूको संख्या बढेको बताउँछन् । बैंकहरूमा १२ घण्टा समय दिएर काम गर्नुपर्ने दबाबका कारण बैंकिङ क्षेत्रमा काम गर्नेहरू जागिर छाड्न थालेको उनको भनाइ छ । थापाले बैंकको जागिर छाड्ने प्रवृत्ति रोक्नका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोगमा वृद्धि गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘बैङ्किङ अब केवल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठुलो दबाब भई जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ ।’
उनले बैंकिङ क्षेत्र अब परम्परागत तहमा मात्रै सीमित नभएको भन्दै यसको प्रतिस्पर्धा र चुनौती दैनिक रूपमा बढ्दै गएको उल्लेख गरे । उनले बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र प्रविधिको प्रयोगमा बैङ्कहरूले प्राथमिकता दिनु पर्ने बताए । उनले बैङ्किङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएको बताए । उनले बैङ्कमा काम गर्ने कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गरेका हुन् ।