Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५.६ प्रतिशतको कर्जा विस्तार

२०८१ फाल्गुन २७ गते

बैंकिङ खबर/ सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा दुई खर्ब ८३ अर्ब ४६ करोड (५.६ प्रतिशत)ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४.१ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आव ०८१/८२ को पहिलो सात महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा हेर्ने हो भने चालू आवको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप दुई खर्ब ४५ अर्ब ३४ करोड (३.८ प्रतिशत)ले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको छ ।