
बैंकिङ खबर/ पर्यटकले गरेको खर्चबापत प्राप्त आम्दानी (भ्रमण आय) ७.७ प्रतिशतले बढेर ४९ अर्ब २१ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ४५ अर्ब ६८ करोड थियो ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आव ०८१/८२ को पहिलो सात महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा अवधिमा नेपालीले विदेश भ्रमण गर्दा भएको खर्च (भ्रमण व्यय) १०.६ प्रतिशतले बढेर एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ ।
यसमा वैदेशिक अध्ययनमा गएका विद्यार्थीबाट ६४ अर्ब १५ करोड खर्च भएको छ । गत आवको सोही अवधिमा यस्तो खर्च एक खर्ब चार अर्ब ७५ करोड थियो ।
यसमा विद्यार्थीबाट ६६ अर्ब ६४ करोडको खर्च भएको थियो । भ्रमण आयभन्दा खर्च बढी हुँदा खुद सेवा आय ५० अर्ब २२ करोडले घाटामा छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोडले घाटामा थियो ।



