Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दुई सय प्रतिशत हकप्रद सेयर दिँदै हाम्रो विकास बैंक

२०७३ मंसिर २९ गते

hamroहाम्रो विकास बैंक लिमिटेडले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो । आगामी पुस २९ गते बस्ने बैंकको आर्ठौँ वार्षिक साधारणसभाले हकप्रद निष्काशनको प्रस्ताव पारित गर्दैछ । साधारणसभा तथा हकप्रद प्रयोजनका लागि बैंकले पुस ८ गतेदेखि २९ गतेसम्म सेयरधनीले पुस्तिका बन्द रहने जनाएको छ । 

हाल  हाम्रो विकास बैंकको चुक्ता पुँजी १२ करोड २३ लाख रुपैयाँ छ । हकप्रद जारी गरेपछि बैंकको पुँजी ३६ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।