Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

२०८१ फाल्गुन २४ गते

बैंकिङ खबर/एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरेलाई नियुक्त गरिएको छ। शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायब कार्यकारी अधिकृत रहेका घिमिरेलाई सीईओ बनाउने निर्णय गरेको हो।

दुई कार्यकाल बिताएका सीईओ सुनील केसीको पदावधि यही फागुन मसान्तमा सकिँदै छ। सोही कारण नयाँ सीईओमा घिमिरेलाई नियुक्त गरिएको हो।

एक दशकभन्दा बढी समयदेखि एनएमबी बैंकमा आबद्ध घिमिरेलाई कर्जा बैंकिङमा विशेष अनुभव छ।