Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

वरिष्ठ सहकारी विज्ञ शाक्यको निधन

२०८१ फाल्गुन २३ गते

बैंकिङ खबर/ नेपालको सहकारी क्षेत्रका अग्रणी वरिष्ठ सहकारी विज्ञ सूर्यरत्न शाक्यको निधन भएको छ । मस्तिष्क घात र निमोनियाका कारण शिक्षण अस्पतालमा उपचाररत शाक्यको ८९ वर्षको उमेरमा निधन भएको हो ।

शाक्यको बिहीबार काठमाडौंको लुति, कर्णदीपमा अन्तिम संस्कार गरिएको छ । नेपालको सहकारी क्षेत्रकै धरोहरका रुपमा चिनिएका शाक्य सहकारी तालिम केन्द्रका पहिलो प्राचार्य हुनुहुन्थ्यो । शाक्यका सहकारी सम्बन्धि दर्जनौं पुस्तकहरू प्रकाशित छन् ।

जसमा सहकारी अध्ययन मण्डल, सहकारी पद्धति, कार्यमुलक लेखापरीक्षण, सहकारी शिविर सञ्चालन निर्देशिका, सहकारी कार्यक्रम, नेपालमा सहकारी आन्दोलन, सहकारी कानुन, दुग्ध सहकारी आन्दोलनलगायतका पुस्तकहरू रहेका छन् ।

सहकारी आन्दोलन र आधुनिक सहकारी विकासमा शाक्यको ठुलो भुमिका रहेको छ । शाक्य श्रीखण्ड तरुमुल महाविहार, काठमाडौंको संरक्षण तथा सञ्चालन समितिको पूर्वअध्यक्ष समेत थिए ।