रमेशकुमार भट्टराई
राष्ट्रपति ट्रम्पका सहयोगी एलन मस्कले सरकारी कर्मचारीलाई सात दिने कामको विवरण देऊ या राजिनामा देऊ भनी ईमेल पठाए । कर्मचारी वृत्तमा ठूलै तरंग ल्यायो । काम गर्नै पर्ने र आउटपुट दिनुपर्ने वातावरण बन्ने देखियो ।
त्यसैगरी अहिले नेपालको बैंकिङ क्षेत्र अहिले संकटमा छ । नयाँ कर्जा गएको छैन, पुरानो कर्जा असुल हुन छाड्यो । संचालन खर्च बढिरहेको छ,आम्दानी झन् –झन् घट्ने देखिन्छ । तर यो स्थितिको जिम्मेवारी संचालक समिति, सीईओ र उच्च ब्यवस्थापन कोही लिन चाहँदैनन् । पदमा टाँसिएर तलब, भत्ता र सुविधा छोडन नचाहने ।
राम्रो गर्न नसक्नेले कि त छोडनु पर्यो कि त छोडाउनु पर्यो । एलन मस्कले जस्तो भन्ने मान्छे पनि यहाँ भएनन् । संकटको यो घडीमा पदमा टासिएर मात्र बस्न खोज्ने भए, त्यसैले क्षमतावान नेतृत्व को को छन भनेर परीक्षण गर्दा कसो होला ?
सजिलो बेलामा भिजन र क्षमता नहुनेले पनि बैंकमा गरेको देखिएको छ । तर सहि मान्छे र क्षमतावान नेतृत्वको पहिचान संकटको बेलामा हुन्छ । त्यसैले बैकिंङ संकटको वर्तमान अवस्थामा संचालक, सीईओ, डीसीईओ र उच्च ब्यवस्थापनमा आसिन प्रमुखको क्षमता परिक्षण गरौं । बैंकको विकास र समग्र अर्थतन्त्र चलायमान बनाउन सही मान्छेलाई अगाडि ल्याऊ ।
यी पाँच उपायले केही काम गर्न सक्छन्
१) संचालक समितिले वर्तमान संकट पार लाउन र बैंकको विकासको लागि के–के गर्न सकिन्छ ? विशेषज्ञ राखेर सीईओ, डीसीईओ र केन्द्रका बिभागिय प्रमुखसँग छुट्टाछुट्टै अन्तरवार्ता लिने र लिखित राय सुझाव लिई उनिहरुको क्षमता टेष्ट गर्ने ।
२) खराब कर्जा असुलि भिजन र प्रयास टेष्ट गर्न सीईओ, डीसीईओ, असुली प्रमुख, कर्जा प्रमुख चारै जनालाई बैंकको १०÷१० वटा ठूलो क्रोनिक कर्जा असुलीको लागि छुट्टाछट्टै तीन महिनाको लागि जिम्मा दिने । राम्रो प्रयास र असुली गर्नेलाई अगाडि बढाउने र नगर्नेलाई अवकास दिने ।
३) दुई वर्ष लगातार ईनोभेटिभ प्रोडक्ट नल्याउने, निक्षेप र कर्जा बिच संतुलन कायम नगर्ने, खर्च कम गरेर आम्दानी बढाउन नसक्ने, लाभांश वितरण गर्न नसक्ने संचालक नेतृत्व र सिइओलाई बिदा गर्ने ।
४) कर्जा विस्तार गर्न नसक्ने, खराब कर्जा ३ प्रतिशतभित्र राख्न नसक्ने शाखा, क्षेत्र र बैंक प्रमुख, उपप्रमुख र सम्बद्ध कर्मचारिको बढुवा र थप आर्थिक सुविधा सबै रोक्का राखि वाच लिष्टमा राख्ने । दुई अर्ध वार्षिक परफरमेन्स लगातार नेगेटिभ हुनेलाई अवकास दिने ।
५) लगातार बढीमा दुई कार्यकाल भन्दा कुनै सिइओलाई बैंकमा नराख्ने । नयाँ भिजन र जोस नहँुदा बैंक सफरर भैरहेको छ । आफ्नो आज्ञाकारिको निरन्तरताले बैंक संकटमा पुगेको बिर्सनु हुन्न ।