२०८२ कार्तिक २८ गते

गभर्नर पनि लचक हुँदै : बैंकले व्यबसायीलाई व्ल्याक लिष्टमा राखेर समस्या समाधान नहुने !

बैंकिङ खबर / अर्थतन्त्र चलायमान गराउने एकलाख पचारहजार भन्दा बढी व्यबसायीहरु बेंकको कालो लिष्टमा छन् । यसले अर्थतन्त्रलाई टिकाउने, लगानी गर्ने र रोजगार सृजना गर्ने मानिस नै बैंकको कर्जा तिर्न नसकेर कालो लिष्टमा परेको प्रति गभर्नर डा. विश्वनाथ पौडेलले पनि चिन्ता व्यक्त गरेका छन् । व्यबसायी र बैंकवित्तका बिज्ञहरु पनि यस विषयमा चिन्तित छन् । व्यबसायी दुर्गा प्रसाईले व्यबसायीलाई कालो लिष्टबाट हटाउन माग गरिरहेकमा बेला गभर्नर पौडेलले समेत यसरी अर्थतन्त्र चलायमान नहुने बताएका छन् । व्यबसायीहरु नै अर्थतन्त्रका पिल्लर भएको उल्लेख गर्दे गभर्नर पौडेलले व्यबसायीलाई उठाउन आफू तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

बैंक तथा वित्तीय संस्था परिसंघको कार्यक्रममा बोल्दै गभर्नर पौडेलले व्यबसायीको हितका पक्षमा मन्तव्य राखेका हुन् । यस अघि उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा पनि उनले उच्च मनोबलले मात्रै अहिलेको अर्थतन्त्र उकास्न सकिने बताएका थिए । उनले हामीसँग पैसा पनि छ, सुशासन पनि छ, अब फेरि निर्वाचित सरकार आउँछ, फेरि यो सबै हुन्छ, भारत विकास गरिरहेको छ, चीन विकास गरिरहेको छ, हामी किन दुःखी हुनुपर्‍यो भन्दै नेपालीहरू संसारभरि दक्ष जनशक्तिका रुपमा स्थापीत भएको उल्लेख गरे ।

बैंक तथा वित्तीय संस्था परिसंघको  कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौड्यालले बैंकिङ्ग क्षेत्र इतिहासकै दबाब अबस्थामा रहेको बताए । उनले बर्तमान अबस्थामा सरकार, नीजि क्षेत्र र बेंकवित्त मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे । बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति बिक्री गर्न नसक्ने अबस्था सृजना हुनु चुनौती भएको बताए। उनले बैंकिङ्ग क्षेत्रमा बढ्दो एआईको प्रयोगलाई नियालेर एआई केन्द्रीत बैंकिङ क्षेत्रको विकास जरुरी भएको बताए । उनले वित्त क्षेत्र अब्बल हुँदा मात्रै व्यवसायीहरु बलियो हुने बताए । उनले नेपाली बैंकवित्तमा विदेशी लगानी भित्राउन सके ठुलो लगानीको वातावरण बन्न सक्नेतर्फ ध्यानाकर्षण गराए ।
लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले अर्थतन्त्र सुधार गर्न एवं उद्यमशीलताको विकास गर्न बैंकवित्तले मात्रै चाहेर सम्भव नहुने उल्लेख गरे । उनले सरकार, गैरसरकारी निकाय र नीजि क्षेत्रबीच समन्वयन भएर मात्रै आर्थिक सुधार सम्भव भएकोमा जोड दिए ।

यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले बैंकहरुमा खर्बौँ लगानीयोग्य रकम भएपनि लगानीको वातावरण बन्न नसक्दा लगानीकर्तामा उत्सिाह नभएको बताए । उनले लगानी गर्नका लागि सुरक्षित वातावरण तथा राज्यको प्रतिबद्धतामा कमी भएको एवं व्यबसायीलाई व्ल्याक लिष्टमा राख्दैमा समस्या समाधान नहुने बताए । नेपाल चेम्बर अफ कमर्शमा अध्यक्ष कमलेश अग्रवालले बैंकवित्त, सरकार र नीजि क्षेत्रको समन्वयनमा मात्रै अर्थतन्त्र सूधार गर्न सकिने धारणा व्यक्त गरे । उनले व्यबसायीलाई कालो लिष्टमा राखेर बेंकले फाइदा लिन नसक्ने बताउए । े

त्यसैगरी नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जेनजी आन्दोलनपछि बैंकवित्तमा दबाब बढेको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कोभिडपछि आर्थिक सुधारमा राज्य चुकेको बताए । उनले लगानी गर्ने समयमा सरकारी नीतिका कारण व्याज महंगो भएको र अहिले त्यसैको परिणाम देखिएको उल्लेख गरे ।

 

बैंक व्ल्याक लिष्ट भनेको कुनै पनि बैंकले आफ्नो ग्राहकलाई कर्जा वा अन्य बैंकिङ सुविधा नदिने गरी राखेको सूची हो । यस सूचीमा परेका ग्राहकहरूले बैंकबाट कर्जा वा अन्य सुविधा पाउन सक्दैनन् ।

बैंक व्ल्याक लिष्टमा कसलाई राखिन्छर : 

बैंक व्ल्याक लिष्टमा निम्नलिखित कारणले ग्राहकहरूलाई राखिन्छस्

कर्जा नतिर्ने : जसले कर्जा लिएर समयमै नतिर्दछन् ।
बैंकिङ नियम उल्लंघन गर्ने : जसले बैंकिङ नियम र शर्तहरू उल्लंघन गर्दछन् ।
फेल भएको व्यवसाय : जसको व्यवसाय फेल भएर कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको छ ।
झूटो जानकारी दिने : जसले बैंकलाई झूटो जानकारी दिएर कर्जा लिएको छ ।

बैंक व्ल्याक लिष्टको प्रभाव

बैंक व्ल्याक लिष्टमा परेका ग्राहकहरूले निम्नलिखित प्रभावहरू भोग्नुपर्छ : 

कर्जा नपाउनु : बैंक व्ल्याक लिष्टमा परेका ग्राहकहरूले कर्जा पाउन सक्दैनन् ।
बैंक खाता खोल्न नसक्नु : बैंक व्ल्याक लिष्टमा परेका ग्राहकहरूले नयाँ बैंक खाता खोल्न सक्दैनन् ।
क्रेडिट स्कोर घट्नु : बैंक व्ल्याक लिष्टमा परेका ग्राहकहरूको क्रेडिट स्कोर घट्छ ।
आर्थिक स्थिति खराब हुनु : बैंक व्ल्याक लिष्टमा परेका ग्राहकहरूको आर्थिक स्थिति खराब हुन्छ ।

बैंक व्ल्याक लिष्टबाट नाम हटाउने तरिका :

बैंक व्ल्याक लिष्टबाट नाम हटाउन निम्नलिखित तरिकाहरू अपनाउन सकिन्छस्

कर्जा तिर्नु : बैंक व्ल्याक लिष्टमा परेका ग्राहकहरूले कर्जा तिरेर नाम हटाउन सक्छन् ।
बैंकसँग सम्झौता गर्नु : बैंक व्ल्याक लिष्टमा परेका ग्राहकहरूले बैंकसँग सम्झौता गरेर नाम हटाउन सक्छन् ।
आर्थिक स्थिति सुधार गर्नु : बैंक व्ल्याक लिष्टमा परेका ग्राहकहरूले आफ्नो आर्थिक स्थिति सुधार गरेर नाम हटाउन सक्छन् ।