Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थमन्त्री पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति

२०८१ फाल्गुन २२ गते

बैंकिङ खबर/सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस गठन समिति गठन गरेको हो।

नेपाल राष्ट्र बैंकका हालका गभर्नर महाप्रसाद अधिकारी आगामी चैत २२ देखि राष्ट्र बैंकबाट बिदा हुँदैछन्। नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो ।