Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ग्राहकले नै बैंकको सेवा सुचारु र बन्द गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

२०८१ फाल्गुन २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई डिजिटल कारोबार गर्दा ग्राहक आफैंले सेवा सुचारु र बन्द गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन तथा परिमार्जन गर्दै ग्राहकले प्रयोग गर्ने विद्युतीय भुक्तानीसम्बन्धी विविध सेवाहरू ग्राहक स्वयंले विद्युतीय माध्यम (सम्बन्धित एप वा वेब पोर्टल) मार्पmत निष्क्रिय गर्न र पुनः सक्रिय गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको हो ।

यस्तै, प्रत्येक कारोबार सम्पन्न भएपछि अनिवार्य रूपमा सम्बन्धित ग्राहकलाई तत्काल एसएमउस मार्फत सन्देश दिनुपर्ने छ । साथै, ग्राहकले अन्य विद्युतीय माध्यमबाट सन्देश माग गरेमा सो समेत उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार ग्राहकलाई विद्युतीय कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्ड जारी गर्दा र कारोबार गर्दा लाग्ने शुल्क, कारोबारको सीमा, कार्डको प्रयोग गर्दा लाग्ने ब्याजदर, कार्डबाट प्राप्त हुने अन्य सुविधाहरू लगायतका विषय समेटिएको सूचनामूलक सामाग्री प्रदान गर्नुपर्ने छ ।

एटीएम कारोबारसम्बन्धमा ग्राहकलाई तत्काल कुनै जानकारी÷सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम र सम्पर्क मोबाइल नं. तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलिफोन नं. नेपाली र अंग्रेजी भाषामा ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी राख्नुपर्ने छ । यस प्रकारको विवरण नियमित रुपमा अद्यावधिक गरी सो को अभिलेख समेत राख्नुपर्ने छ ।

कुनै प्राविधिक कारणले एटीएम नचलेमा, एटीएममा पर्याप्त नगद नभएमा, नगद ननिस्किएमा वा अन्य समस्या उत्पत्र भएमा तत्काल सोको सूचना सम्बन्धित एटीएम सञ्चालन गर्ने संस्थामा पुग्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । साथै, सोको सूचना आवश्यकता अनुसार कार्ड जारी गर्ने संस्थामा समेत पुग्ने व्यवस्था मिलाउनुपर्नेछ ।