२०८१ फाल्गुन २१ गते

प्रतिनिधिसभाबाट सहकारी अध्यादेश स्वीकृत

बैंकिङ खबर/ सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठक बैठकले अध्यादेश स्वीकृत गरेको हो।

सांसद चन्दा कार्कीले राखेको अध्यादेश अस्वीकारको सूचना अस्वीकार भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए। त्यसपछि उक्त प्रस्ताव बहुमतले स्वीकृत भयो।