Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

अब लघुवित्तले असल कर्जामा १ प्रतिशत मात्र प्रोभिजन गरे हुने(पूर्णपाठ)

२०८१ फाल्गुन १९ गते

बैंकिङ खबर/लघुवित्तहरुले पनि असल कर्जामा १ प्रतिशत मात्र प्रोभिजन गरे हुने छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै लघुवित्तको हकमा पनि असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्था अब १.० प्रतिशत कायम हुने जनाएको हो।

यो बारे मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामा उल्लेख थियो । समीक्षामा ‘असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिनेछ’ भन्ने उल्लेख थियो । सोहि अनुसार आज राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक , फाइनान्स र लघुवित्तको लागि निर्देशन जारी गरेको हो।