Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याजदर कोरिडोर यथावत्

२०८१ फाल्गुन १३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले ब्याजदर कोरिडोरअन्तर्गतको नीतिगत दर ५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दरलाई ६.५ प्रतिशतलाई निरन्तरता दिएको छ।

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले असल कर्जाको प्रोभिजनिङ १.१० प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरेको छ। यस व्यवस्थाले बैंक वित्तीय संस्थाहरूको नाफा बढाउन मद्धत गर्नेछ भने खराब कर्जामा सहजता प्रदान गर्नेछ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पनि राष्ट्र बैंकले असल कर्जा प्रोभिजनिङ व्यवस्था घटाएको थियो।

यसबाहेक राष्ट्र बैंकले ब्याजदर कोरिडोरअन्तर्गतको नीतिगत दर ५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दरलाई ६.५ प्रतिशतलाई निरन्तरता दिएको छ।