बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले असल कर्जाको प्रोभिजन घटाएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो। जारी मौद्रिक नीति समीक्षामा भनिएको छ ‘असल कर्जाको विद्यमान १.१० प्रतिशतकोकर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिनेछ।’