February 25th, 2025

बजारमा अधिक तरलताः फेरि २५ अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ खबर/बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज फागुन १३ गते बजारबाट २५ अर्ब खिच्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । राष्ट्र बैङ्कको Online Bidding System Software मार्फत अपरान्ह ३ बजे भित्र आवेदन दिईसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।

आवेदन दिंदा घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पुरै रकमसम्मको लागि आवेदन दिन सकिने छ ।

52.-DC_-NOtice-2081.11.13