February 24th, 2025

साढे ४३ अर्बले बढ्यो नगद प्रवाह

बैंकिङ खबर/ चालु आर्थिक वर्षको माघ महिनामा बजारमा सवा सात खर्ब रुपैयाँ बराबरको नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा बजारमा सात खर्ब ३० अर्ब ६२ करोड ८९ लाख रुपैयाँ नगद प्रवाह भएको छ ।

उक्त रकम गत पुसको तुलनामा ४३ अर्ब ७९ करोड ८८ लाख रुपैयाँले बढेको हो । गत पुस मसान्तसम्ममा बजारमा सात खर्ब १६ अर्ब ८३ करोड एक लाख रुपैयाँ नगद प्रवाह भएको थियो ।

उक्त रकम गत असारको तुलनामा भने ७.४३ प्रतिशत अर्थात ५० अर्ब ५८ करोड एक लाख रुपैयाँले बढी हो । गत असार मसान्तसम्म यस्तो प्रवाह ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारी खाताको नगद मौज्दात एक खर्ब २२ अर्ब ६५ करोड रुपैयाँले घटेको छ । गत असारमा सरकारी खातामा तीन खर्ब ५५ अर्ब ४५ करोड रुपैयाँ मौज्दात रहेको थियो ।

माघमा उक्त रकम घटेर २ खर्ब ३२ अर्ब ८० करोड रुपैयाँमा पुगेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो ।
यस अवधिमा सरकारी ढुकुटीमा सवा तीन खर्ब रुपैयाँ निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको

सरकारी खातामा कूल तीन खर्ब ३६ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो ।
२०८१ असारसम्म यस्तो निक्षेप जम्मा ६३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ मात्र रहेको थियो । उक्त रकम माघ मसान्तसम्म आइपुग्दा दुई खर्ब ७२ अर्ब ३६ करोड ५७ लाख रुपैयाँले बढेको छ ।

यस अवधिमा सरकारको सरप्लस मौज्दात १७ अर्ब रुपैयाँ रहेको छ । माघ मसान्तसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब ६० अर्ब ४५ करोड ८३ लाख रुपैयाँ रहेको छ । असारसम्म रिजर्भमा ५ खर्ब ४३ अर्ब ८१ करोड ८१ लाख रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ३९ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

हालसम्म राष्ट्र बैंकको दायित्व २३ खर्ब ४६ अर्ब ६२ करोड दुई लाख रुपैयाँ रहेको छ । गत असार मसान्तसम २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख रुपैयाँ रहेको थियो । उक्त सम्पति चालु आवको माघ मसान्तसम्म दुई खर्ब ७९ अर्ब ५९ करोड रुपैयाँले बढेको हो ।