
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सरकारको हेलचेक्य्राइँका कारण नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को नकारात्मक सूची (ग्रे लिस्ट)मा परेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले त्यसबाट बाहिर आउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
एफएटीएफको ‘ग्रे लिस्ट’बाट उन्मुक्ति पाउन उनीहरूले भनेका कुरा पालना गर्नुपर्ने र सुधारको स्पष्ट कार्ययोजना दिन सक्नुपर्ने उनले बताए । एफएटीएफले मागेको कार्ययोजना समयमा नै सम्पन्न गरे नेपाल ग्रे लिस्टबाट हट्न सक्ने उनको भनाइ थियो ।
साक्षात्कारमा अर्थविद् डा.रेवतबहादुर कार्कीले एफएटीएफले ४० परिसूचक निर्धारण गरेकामा नेपालले २१ वटा मात्र परिपालन गर्न सकेको बताए । नेपालले १६ वटा आंशिक र चार परिसूचक परिपालन हुँदै नभएको उनले उल्लेख गरे ।
सरकारको गतिविधिकै कारण नेपाल ग्रे लिस्टमा परेको उनले बताए ।



